• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

शान्ताको अचार उद्योगलाई केपी ओलीको शुभकामना



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी नेतृ तथा पूर्व सासद शान्ता चौधरीको अचार उद्योगलाई शुभकामना दिनु भएको छ ।

आफुले उत्पादन गरेको अचारको नमूना लिएर बालकोट पुग्नु भएका चौधरीलाई ओलीले आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना दिनु भएको छ ।

उहाँले सामजिक संञ्जालमा लेख्नु भएको-

शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ। उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन्। मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ ।

शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना १
शान्ताजीलाई बधाई !!

गत पुस २० गते शान्तले घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता गरेर अचार उद्योग संञ्चालन गरिरहनु भएके छ ।