१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

एक्काइशौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुुष्कर्ममा सम्लग्न नहुन आग्रह गर्नुभयो ।

“तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस् । भाषणमा एउटा र व्यवहारमा अर्काे काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनुुस् ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “म चुनौती दिएर भन्छुु– म आफूू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिइन्नँ । नेपाललाई हरेक हिषाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताउनुुभयो ।

उहाँले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरुको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाउनुुभयो ।

उहाँले सरकार टे«ड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताउनुुभयो ।

उहाँले अधिकार छ भन्दैमा दुुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्ने जस्ता काम उचित नहुने बताउनुुभयो । “अहिले नियोजित र प्रयोजितरुपमा अराजकता सेजना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो भएको छ । वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन ।’’

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताउनुुभयो ।