२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावका कारण आईपीएलका २१ खेलका मात्रै तालिका सार्वजनिक, पहिलो खेलमै धोनी र विराट भिड्ने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ को २१ खेलको तालिका बिहीबार सार्वजनिक गरिएको छ । आमनिर्वाचनका कारण यस सिजनको पूर्ण तालिका सार्वजनिक भएको छैन । दोस्रो चरणको निर्वाचनको कार्यतालिका लोकसभा निर्वाचनको मिति घोषणापछि सार्वजनिक हुनेछ ।

यस सिजनको पहिलो खेल मार्च २२ मा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपौक स्टेडियममा हुनेछ । पहिलो चरणमा मार्च २२ देखि अप्रिल ७ सम्मको कार्यतालिका घोषणा गरिएको छ । यस अवधिमन १७ दिनमा २१ खेलहरू खेलिनेछन्, जसमा ४ डबल हेडरहरू (एक दिनमा दुई खेलहरू) समावेश हुनेछन् ।

चेन्नईले नवौं पटक आईपीएलको कुनै पनि सिजनको पहिलो खेल खेल्नेछ । टोलीले यसअघि ८ पटक यस्तो गरिसकेको छ । चेन्नईले अहिलेसम्म १० फाइनल खेलेको छ, ५ उपाधि जितेको छ ।

आईपीएलको गत सिजनको उपाधि महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले जितेको थियो । अहमदाबादमा भएको फाइनल खेलमा टोलीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा चेन्नई र मुम्बईले ५र५ उपाधि जितेका छन् ।