२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ः नामिबिया र नेदरल्याण्ड्स भिड्दै



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ । दुई खेलमा जितसहित नामिबिया अंक तालिकाको शीर्ष स्थानमा छ ।

अघिल्लो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नामिबिया आज बदला दिने तयारीसहित मैदानमा उत्रनेछ । अर्कोतर्फ अंक तालिकाको पुछारमा रहेको नेदरल्यान्ड्स नामिबियाविरुद्धको जितलाई कायमै राख्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाललाई नै चार विकेटले हराएको नामिबिया चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एक–एक जित निकालेका नेपाल र नेदरल्यान्ड्स दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

नेदरल्यान्ड्सविरुद्ध सहज जित (९ विकेटले हराएको) नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । अब अन्तिम खेल फागुन १३ गते आइतबार नेपाल र नेदरल्यान्ड्सबीच कीर्तिपुर मैदानमा हुनेछ ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा जारी छ ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।