१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिमा आबद्ध नहुन रास्वपाको निर्देशन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक सङ्घसंस्था र विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन मातहतका कमिटी र कार्यकर्तालाई निर्देशन दिएको छ ।

रास्वपाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता समितिको नेतृत्व छनोटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ । विज्ञप्तिमा पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप गरेको वा गराइएको पाइए कारबाही गर्ने उल्लेख छ । उहाँले व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थक सामूहिकरूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न र नगराउनसमेत आग्रह गर्नुभएको छ ।

“विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता÷व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागबण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो”, विज्ञप्तिमा उल्लेख छ, “जनहितका लागि गर्नुपर्ने काममा पनि भागबण्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधिनमा राख्ने प्रवृत्तिको हामी विरोध गर्दछौँ ।”

पार्टीले राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता नगर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।