१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले अर्धशतकीय इनिङ्स खेले । उनले ५६ बलमा ५२ रनको योगदान दिए । माइकल भान लिंगेनले ३१, रुवेन ट्रम्पेलमनले १६ रन जोड्दा यस्तै जेजे स्मिथ ३४ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन तथा दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रोहित पौडेल र ललित राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा १६८ रन जोडेर अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन तथा करण केसीले १२ रन जोडे ।

नेपालका तीन ब्याट्सम्यान खाता नखोली आउट भए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शून्य रनमै पेभिलियन फर्किएका हुन् ।

बलिङतर्फ नामिबियाका बेर्नार्ड स्कोल्ज र जान निकोल लोफ्टी इटोनले चार–चार तथा ज्याक ब्रासेल र जेर्हार्ड इरामसले एक–एक विकेट लिए । यसअघिको खेलमा नामिबियाले नेपाललाई चार विकेटले पराजित गरेको थियो ।