३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियल र सिटी विजयी



अ+ अ-

लन्डन । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा भएको खेलमा म्यानचेस्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा रियल म्याड्रिडले एटलान्टालाई १–० ले विजयी रह्यो ।

दुवै टिम घरबाहिर विजयी रहेका हुन् र यससँगै उनीहरूको अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । सिटीले प्राप्त गरेको बलियो अग्रतामा बर्नार्डो सिल्भा र ग्याब्रिएल जिससले एक-एक गोल गरे ।

क्लबको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १९ औं जित हो । रियलले दस खेलाडीमा सीमित एटलान्टालाई हराउन फेरल्यान्ड मेन्डीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर देखिएको खेलमा मेन्डीले ८६ औं मिनेटमा उत्कृष्ट गोल गरे ।