• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालले गुमायो पाँचौं विकेट, खाता नखोली आउट भए रोहित



आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालले कप्तान रोहित पौडेललाई पाँचौं विकेटको रुपमा गुमाएको हो । ९ बल खेलेका उनी खाता नखेली पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले २४ ओभरमा ५ विकेट गुमाएर ११३ रन जोडेको छ ।