• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालले गुमायो तेस्रो विकेट, देव खनाल पनि शून्य रनमै आउट



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले देव खनाललाई तेस्रो विकेटको रुपमा गुमाएको हो । उनी शून्य रनमै पेभिलियन फर्किए । यसअघि अनिल शाह पनि शून्य रनमै आउट भएका थिए ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ४३ रन जोडेको छ ।