२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन प्रिक्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा राजेनले क्यु १४७ का राजेन्द्र श्रेष्ठलाई ४–१ को फ्रेममा पराजित गरे ।
चामुण्डका जिमी लामाले बनेपाका नितेश राजभण्डारीलाई ४–०, पोखराका विकास महर्जनले विकेन रिजाललाई ४–० तथा लास्ट ब्रेकका सोम लामाले ब्रेक प्वाइन्टका विनोद श्रेष्ठलाई ४–१ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

शुक्रबारदेखि प्रिक्वाटरफाइनल खेल सुरु हुने छ । त्यस दिन ४ खेल हुने छ । नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले लास्ट ब्रेकका सनोज खड्गी, ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यले एएक्सएनका वाङचु तामाङ, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले फस्ट ब्रेकका अमन कार्की तथा बेम्बु कटेजका राजन गुरुङले एस स्नुकरका मिलन लामा विरुद्ध खेल्ने छन् । बाँकी ४ प्रिक्वाटरफाइनल शनिबार हुने छ । प्रिक्वाटरफाइनल ‘बेस्ट अफ नाइन’ आधारमा हुने छ ।