१ श्रावण २०८३, शुक्रबार
,
Latest
साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिन भित्र खाली गर्न निर्देशन आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः इन्टरले एट्लेटिकोलाई हरायो, पिएसभी र डर्टमण्डको बराबरी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एकमात्र गोल मार्को अर्नाउटोभिचले गरे । उनले ७९ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा डच क्लब पिएसभी इन्डोभेन र जर्मन क्लब बोरुसिया डर्टमण्डले १–१ गोलको बराबरी खेले । पाहुना टोली डर्टमण्डले खेलको २४ औं मिनेटमा डोनिएल मालेनको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर, ५६ औं मिनेटमा लुक डि योंगले पेनाल्टीमा गोल गर्दै पिएसभीलाई १–१ को बराबरीमा ल्याए ।

अब दोस्रो लेगका खेलहरु मार्च १४ मा हुनेछन् ।