• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगः इन्टरले एट्लेटिकोलाई हरायो, पिएसभी र डर्टमण्डको बराबरी



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एकमात्र गोल मार्को अर्नाउटोभिचले गरे । उनले ७९ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा डच क्लब पिएसभी इन्डोभेन र जर्मन क्लब बोरुसिया डर्टमण्डले १–१ गोलको बराबरी खेले । पाहुना टोली डर्टमण्डले खेलको २४ औं मिनेटमा डोनिएल मालेनको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर, ५६ औं मिनेटमा लुक डि योंगले पेनाल्टीमा गोल गर्दै पिएसभीलाई १–१ को बराबरीमा ल्याए ।

अब दोस्रो लेगका खेलहरु मार्च १४ मा हुनेछन् ।