१ श्रावण २०८३, शुक्रबार
,
Latest
साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिन भित्र खाली गर्न निर्देशन आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ः नेपालले नामिबियासँग खेल्दै



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज बुधबार नामिबियासँग खेल्दैछ । यसअघि पहिलो (उद्घाटन) खेलेका यी दुई टोलीबीच दोस्रो खेल हुन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे खेल सुरु हुनेछ । नेपाल पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने नामिबिया नेपाललाई उसकै घरेलु मैदानमा लगातार दोस्रोपटक हराउने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघिको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो ।

जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको थियो । जारी प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीन वटै टोलीले एक–एक खेल जितेका छन् ।

यस नामिबियासँग पराजित नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्यो । यस्तै, नेदरल्यान्ड्सले नामिबियालाई हरायो ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने यस लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।