१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासमिति बैठकमा महामन्त्री थापाको प्रस्तावः निर्वाचनपूर्व गठबन्धन नगरौँ



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुने प्रश्ताव गर्नुभएको छ ।

मंगलवार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्ननहुने प्रश्ताव अघि सार्नुभएको हो । उहाँले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्नुपर्ने बताउनु भयो ।

उहाँले मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा पनि काँग्रेस सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले यस विषयमा विशेष संकल्प गर्नुपर्छ कि, एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाको लागि नेपाली काँग्रेसले निर्वाचन अगाडीको गठबन्धनको नेतृत्व गर्नुप¥यो । गत निर्वाचनमा नेपाली काँग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ । कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडी निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्नेकुरा चुनाव पछाडी स्वभाविक हुनसक्छ ।

तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नरहेर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्नेकुरालाई मनन गर्दै मेरो प्रश्ताव छ, नेपाली काँग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरु, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौँ । र हाम्रो मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ । हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशिल बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा पुनःस्थापित हुनेछौँ ।’

उहाँले २० बुँदे सांगठनिक सुधारको कार्ययोजना समेत प्रश्तुत गर्नुभएको छ ।