९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

एमाले केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत, ९ समूहमा छलफल हुँदै

एमाले केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत, ९ समूहमा छलफल हुँदै
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रश्तुत गर्नुभएको हो । त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बतउनु भयो ।

उहाँले खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रिय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताउनु भयो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रिय कमिटीको सातौं पूर्ण बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो । पार्टीको बैठकलाई पार्टी केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रश्तुत गर्नुभयो । बैठकमा ४ वटा अवधारणा पत्रहरु कार्ययोजनाहरु प्रश्तुत भए । पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्तुत गर्नुभयो । पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गर्नुभयो ।

पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिवले आफ्नो विस्तृत कार्ययोजना प्रश्तुत गर्नुभयो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गर्नुभयो । खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रिय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ ।

कोही, मधेश हुँदै सात प्रदेशहरुका समूहहरु छन् । एउटा समन्वय कमिटीहरु, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ । यो समूहमा प्रश्तुत कार्ययोजनामाथि भोलि १० बजेबाट नियमित छलफल हुनेछ । छलफलपछि आएका निस्कर्षलाई केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गरी केन्द्रिय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ र पर्सिको दिन केन्द्रिय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।’

उहाँले छलफलपछि आएका निस्कर्षलाई केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गरी केन्द्रिय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीवार केन्द्रिय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताउनु भयो ।