१ पुष २०८२, मंगलवार
,
Latest
नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु



अ+ अ-

विराटनगर । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज यहाँ आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो ।

खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्मजीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताउनुभयो ।

अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँहरुको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ । होटलहरु व्यस्त सडकको नजिक हुँदा धुलो, धुवाँको समस्या पनि थपिएको छ । खाद्यान्न दलहनतर्फ ४७ वटा र प्रशोधित पिउनेपानी एक सय २१ थान मुद्दा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

चालु आवको छ महिनामा १७ वटा न्यूनस्तर÷दूषित खाद्यपदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मोरङमा मुद्दा दायर गरिएको अधिकृत सुवेदीले बताउनुभयो । खाद्य–दाना उद्योग सिफारिस, अनुज्ञापत्र जारी, नवीकरण, बजार, उद्योग, संयुक्त तथा एकल अनुगमन, प्रयोगशाला सेवा, तालिम दिँदै आएको कार्यालयका प्रमुख विजय खनालले जानकारी दिनुभयो ।

गोष्ठीमा प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहाल, १४ वटै जिल्लाका साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस