१ पुष २०८२, मंगलवार
,
Latest
नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसिर र सन्दीपको अर्धशतकमा क्यानडामाथि नेपाल ए को रोमाञ्चक जित, सिरिज बराबरीमा



अ+ अ-

काठमाडौँ । क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल ए विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ए ले क्यानडा ११ लाई दुई विकेटले पराजित गरेको हो ।

नेपालको जितमा सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । सन्दीपले ७४ बलमा ६६ रन, बसिरले ७३ बलमा ५२ रन जोड्दा रशिद खानले ५१ बलमा ४७ रनको योगदान दिए । बलिङतर्फ क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले २–२ तथा साद बिन जफर र हर्ष ठाकेरले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो ।

क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई/दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए ।

योसँगै सिरिज १–१ को बराबरी भएको छ । अब तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।