२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब स्मार्टफोनमै ‘फोरके’ भिडियो हेर्न सकिने



अ+ अ-

काठमाडौं । अब युट्युब प्रयोगकर्ताले स्मार्टफोनमा फोरके भिडियो हेर्न पाउने भएका छन् । स्मार्टफोन डिभाइसका लागि सर्भर साइड अपडेट गरेर फोरके हेर्न मिल्ने सुविधा दिन लागिएको हो ।

युट्युबको नयाँ फिचरमा 4k (फोरके) भिडियो हेर्न मिल्ने सुविधा थप गरिएको छ । विभिन्न रिपोर्टका अनुसार अब 4k (फोरके) सपोर्ट नगर्ने डिभाइसमा पनि ६० फ्रेम प्रतिसेकेन्ड एचडीआर सहितको 4k (फोरके) भिडियो हेर्न सकिनेछ ।

आजसम्म मोबाइल प्रयोगकर्ताले फुल एचडीमा १०८० पी मा मात्र भिडियो हेर्न पाएका थिए । अहिलेसम्म बजारमा आएका अधिंकाश स्मार्टफोनमा फूल एचडीको भिडियो हेर्ने सुविधा छ ।

युट्युबको वेब भर्सनमा भने फोरके भिडियो हेर्ने सुविधा पहिलेदेखि नै दिइएको छ । 4k (फोरके) भिडियो प्ले गर्नका लागि स्तरीय मोबाइल र राम्रो इन्टरनेटको भने आवश्यकता पर्नेछ ।