५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज तिवारीको आरोपः महेन्द्र सिंह धोनीका कारण अन्तर्राष्ट्रिय करिअर सकियो



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनी कप्तान हुँदा धेरै युवा खेलाडीहरू भारतीय जर्सीमा अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा चम्किए । धेरै खेलाडी लामो दौडको घोडा साबित भए भने धेरै खेलाडीले सही समयमा पर्याप्त अवसर पाउन सकेनन् ।

यस्तै एउटा नाम थियो मनोज तिवारीको । मनोजले अन्तर्राष्ट्रिय क्रिकेटमा केही बलियो इनिङ खेले भने घरेलु क्रिकेटमा उनको प्रदर्शन निरन्तर बलियो रह्यो ।

तर, मनोज ती दुर्भाग्यपूर्ण खेलाडीमध्ये एक थिए जसले आफ्नो क्षमता देखाउने धेरै मौका पाएनन् । यसैबीच, बंगालका लागि आफ्नो करियरको अन्तिम घरेलु खेल खेलेपछि, मनोजले एमएस धोनीमाथि आफ्नो अन्तर्राष्ट्रिय करियरलाई लिएर ठूला आरोप लगाएका छन् ।

घरेलु क्रिकेटमा आफ्नो अन्तिम खेल खेलेपछि पत्रकारसँग कुरा गर्दै मनोज तिवारीले एमएस धोनीलाई निशाना बनाए । उनले भने, ‘म एमएस धोनीलाई सोध्न चाहन्छु कि सन् २०११ मा शतक बनाए पनि प्लेइङ इलेभेनबाट किन बाहिरियो । ममा पनि विराट कोहली र रोहित शर्माजस्ता हिरो बन्ने क्षमता थियो । आज म देख्दैछु कि धेरै खेलाडीहरू छन् जसलाई एक मौका दिइएको छ, जुन देखेर मलाई दुःख लाग्छ ।’

मनोज तिवारीले सन् २००८ मा अस्ट्रेलियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । मनोजले विश्व स्तरमा आफ्नो क्षमता देखाउने खासै मौका पाएनन् । मनोजले आफ्नो करिअरमा खेलेका १२ ओडिआई खेलमा २६.०९ को औसतमा २८७ रन बनाएका थिए । यस अवधिमा मनोजले एक शतक र एक अर्धशतक बनाए ।