१ पुष २०८२, मंगलवार
,
Latest
पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका यी खेलाडीले आईपीएलबाट आफ्नो नाम फिर्ता लिए, केकेआरलाई झट्का



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ अघि कोलकाता नाइट राइडर्स (केकेआर)लाई ठूलो झट्का लागेको छ । टिमका फास्ट बलर गुस एट्किन्सनले व्यस्तताका कारण इन्डियन लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनलाई फ्रेन्चाइजीले १ करोडमा किनेको थियो ।

आईपीएल समितिले सोमबार भने कि केकेआरले एट्किन्सनको स्थानमा श्रीलंकाका फास्ट बलर दुष्मन्थ चमेरालाई टोलीमा समावेश गरेको छ । लिलामीमा बिक्रि नभएका उनलाई अहिले फ्रेन्चाइजीले ५० लाखमा अनुबन्ध गरेको छ ।

उनी १४० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् र आफ्नो स्विङ र सीमले ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन् । आईपीएलको हालको सिजन मार्चको अन्तिम साताबाट सुरु भएर मेको अन्त्यसम्म चल्न सक्छ ।