२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा खेल सुरु हुँदैछ । सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ ।

नेपाल ए को मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई मौका दिएको छ । यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई स्थान दिइएको छ ।

नेपाल ‘ए’ टिमः
विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया ।