१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज सिरियाको सामना गर्दै



अ+ अ-

काठमाडौँ । साउदी अरेबियाको जेद्दामा जारी वाफ वुमेन्स च्याम्पिनसिप २०२४ मा नेपालले आज मंगलबार सिरियाको सामना गर्दैछ । खेल किङ अब्दुल्लाह स्पोर्टस सिटीमा नेपाली समयअनुसार ७ः४५ मा सुरु हुनेछ ।

नेपाली महिला राष्ट्रिय टिमले सिरियाको सामना गर्न लागेको यो पहिलो पटक हो । प्रतियोगिता सोमबारदेखि सुरु भएको छ र पहिलो दिनको खेलमा लेबनान र जोर्डन विजयी भएका छन् ।

पश्चिम एसियाली फुटबल महासंघ (वाफ)द्वारा फेब्रुअरी १९ देखि २९ सम्म साउदीको जेद्दामा आयोजना हुने प्रतियोगितामा नेपालसँगै ग्वामले आमन्त्रित टिमको रुपमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालसहित प्यालेस्टाइन, सिरिया र इराक समूह ‘बी’ मा छन् । यस्तै, समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन जोर्डन, घरेलु टिम साउदी अरेबिया, ग्वाम र लेबनान छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनललाई छनोट हुने छन् ।