• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालले भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने



file photo: can

काठमाडौँ । नेपाली क्रिकेट टोलीले भारतमा दुई भारतीय घरेलु टोलीसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्ने भएको छ । नेपालले गुजरात र बरोडासँग खेल्ने भएको हो ।

गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्डसिप कप त्रिकोणात्मक टि–२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

३१ मार्चदेखि सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ ।

नेपालले जुनमा खेल्ने टि–२० विश्वकप अघि त्रिकोणात्मक सिरिज खेलेर अनुभव लिन लागेको हो । सिरिजका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।