५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर आजमले पीएसएलमा इतिहास रचे, ३ हजार रन बनाउने पहिलो ब्याट्सम्यान



अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्व कप्तान बाबर आजमले आइतबार पाकिस्तान सुपर लिग (पीएसएल)मा इतिहास रचेका छन् । बाबर पीएसएलको इतिहासमा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । बाबरले क्वेटा ग्लाडिएटर्सविरुद्ध आफ्नो २९ औं रन बनाएपछि यो उपलब्धि हासिल गरेका हुन् ।

बाबर पीएसएलको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् र अन्य कुनै खेलाडी पूर्व पाकिस्तानी कप्तानको नजिक पनि छैनन् । तर, आइतवारको इनिङ्सले बाबरले टी–२० क्रिकेटमा समग्रमा १० हजार रन नजिक पुर्याएका छन् ।

बाबरले हाल आफ्नो नाममा ९,९२६ रन बनाएका छन् र थप ७४ रन बनाएमा यो उपलब्धि हासिल गर्ने उनी इतिहासको १३ औं खेलाडी र शोएब मलिकपछि यस्तो गर्ने दोस्रो पाकिस्तानी खेलाडी बन्नेछन् ।

पीएसएल इतिहासमा सबैभन्दा धेरै रन
३००३ – बाबर आजम (७८ पारी)

२३८१ – फखर जमान (७७ पारी)

२१३५ ( शोएब मलिक (७८ पारी_

२००७ ( मोहम्मद रिजवान (६१ पारी)