१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिन्दी फिल्ममा शक्ति छैन, हेर्न छाडेको छु’



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले फेरि एकपटक भारतीय फिल्म उद्योगलाई निशाना बनाएका छन् । नसीरले एक अन्तर्वार्तामा हिन्दी सिनेमाको वर्तमान अवस्थाबाट आफू निराश भएको बताएका छन् ।

एक कार्यक्रममा नसीरले हिन्दी सिनेमाको इतिहास सय वर्ष पुरानो भएको बताउन पाउँदा गर्व लागेको तर अहिले हिन्दी फिल्म हेर्न छाडेको बताए । उनका अनुसार अहिले चलचित्रकर्मीले यस्तै चलचित्र बनाउन थालेका छन् ।

७३ वर्षीय नसीर हालै एक कार्यक्रममा सहभागी भएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारतीय फ्यानहरूले आफ्नो जरा र जन्मभूमिसँग जोडिएको महसुस गर्ने भएकाले मात्रै हिन्दी फिल्महरू विश्वभर हेरिन्छन् । तर यी कुराहरू जसरी चलिरहेका छन्, त्यसरी नै चलिरह्यो भने सबैलाई छिट्टै अल्छी लाग्छ ।’

नसीरले थपे, ‘निर्माताले फिल्मलाई पैसा कमाउने माध्यम मात्रै हेर्न नछाड्दासम्म सुधार हुँदैन । गम्भीर चलचित्र बनाउन चाहनेहरुको दायित्व आजको यथार्थलाई आफ्नो चलचित्रमा देखाउनु हो । यद्यपि, उनीहरूले यो काम यसरी गर्नुपर्नेछ कि उनीहरूविरुद्ध कसैले फतवा नजाओस् र ईडीले उनीहरूको ढोका ढकढकाउन नपरोस् ।’

नसीर फिल्मभन्दा वेब सिरिजमा बढी सक्रिय छन्
नसीरको अन्तिम फिल्म गत वर्ष रिलिज भएको ‘कुट्टे’ थियो । यसअघि उनी २०२२ मा दीपिका पादुकोण अभिनित फिल्म ‘गहराईं’ मा देखिएका थिए । आजकाल नसीर फिल्मभन्दा वेब सिरिजमा बढी देखिन्छन् । गत वर्ष उनका तीनवटा वेब सिरिज ‘ताज’, ‘सास, बहू और फ्लेमिङ्गो’ र ‘चार्ली चोपडा एण्ड द मिस्ट्री अफ सोलाङ भ्याली’ रिलिज भएका थिए ।




भर्खरै