७ पुष २०८२, सोमबार
,
Latest
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ नेदरल्यान्ड्स र नामिबिया भिड्दै



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान सवा नौ बजे सुरु हुनेछ ।

आजको खेलमा नेदरल्यान्ड्स पहिलो जितको खोजीमा हुनेछ भने नामिबिया लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । दुबै टोलीले दोस्रो खेल खेल्दैछन् । यसअघिको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो भने नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।