२ श्रावण २०८३, शनिबार
,
Latest
झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित एनएफपिजेद्वारा ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ कार्यशाला सम्पन्न न्यायको माग गर्दै निहारिका राजपुत र बिनु यादवद्वारा सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकोट टेस्टमा भारतको कीर्तिमानी जित, इंग्ल्यान्ड ११२ रनमै अलआउट



अ+ अ-

राजकोट । भारतले राजकोट टेस्टमा कीर्तिमानी ४३४ रनले जित हात पारेको छ । ५५७ रनको लक्ष्यको सामना गरेको इंग्ल्यान्डको टोली चौथो इनिङ्समा १२२ रन मात्रै बनाउन सक्यो ।

रविन्द्र जडेजाले मार्क वुडलाई क्याच आउट गरे, यससँगै टोली अलआउट भयो । जडेजाले ५ विकेट लिए भने पहिलो इनिङ्समा शतक पनि बनाए ।

यो रनको अन्तरले भारतको सबैभन्दा ठूलो जित हो । यसअघि २०२१ मा मुम्बईको वानखेडे मैदानमा टोलीले न्युजिल्यान्डलाई ३७२ रनले हराएको थियो ।

दोस्रो इनिङ्समा भारतका लागि यशस्वी जैसवालले २१४ र शुभमन गिलले ९१ रन बनाए । पहिलो इनिङ्समा रोहित शर्माले १ सय ३१ र रविन्द्र जडेजाले ११२ रन बनाएका थिए । सर्फराज खानले दुवै इनिङमा अर्धशतक बनाए । बलिङमा मोहम्मद सिराजले ४ विकेट लिए ।

इंग्ल्याण्डका बेन डकेटले पहिलो इनिङ्समा १५३ रन बनाएका थिए । उनी बाहेक अन्य कुनै खेलाडीले दुवै इनिङमा अर्धशतक जोड्न सकेनन् । निरञ्जन शाह रंगशालामा भएको पहिलो इनिङ्समा भारतले ४ सय ४५ रन बनाएको थियो भने इंग्ल्याण्डले ३१९ रन बनाएको थियो । भारतले ४३० रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो ।

जितसँगै पाँच खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।