१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता
अ अ+ अ-

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को सुरुवाती अग्रता बनाएको छ।

नकआउट चरणको यस निकै महत्त्वका साथ हेरिएको खेलमा अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलियो पकड बनाउँदै विपक्षी टोलीमाथि निरन्तर दबाब सिर्जना गरिरहेको छ।

खेल सुरु भएको १०औँ मिनेटमै अर्जेन्टिनाले खेलमा अग्रता लिन सफल भएको हो। कप्तान लियोनल मेसीले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै बललाई पेनाल्टी बक्सभित्र पुर्‍याएका थिए, जसलाई बक्सभित्र तयारी अवस्थामा रहेका २० नम्बर जर्सीका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले आकर्षक हेडमार्फत् जाली चुमाएका हुन्। म्याक एलिस्टरको यो सानदार गोलसँगै स्टेडियममा उपस्थित हजारौँ अर्जेन्टिनी समर्थकहरू उत्साहित बनेका छन्।

सुरुवाती गोल खाएपछि स्विट्जरल्यान्ड खेलमा फर्कने प्रयास गरिरहेको छ भने अर्जेन्टिना आफ्नो अग्रतालाई अझ फराकिलो बनाउने रणनीतिसहित मैदानमा आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।

दुवै टोलीका लागि सेमिफाइनल यात्रा तय गर्न यो खेल निकै निर्णायक मानिएकाले कान्सास सिटीमा खेलको रोमान्चकता झन् झन् बढ्दै गएको छ।