१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

एनएफपिजेद्वारा ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ कार्यशाला सम्पन्न

एनएफपिजेद्वारा ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ कार्यशाला सम्पन्न
अ अ+ अ-

धुलिखेल: राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालद्वारा आयोजित “AI Skills for Photojournalists: A Professional Capacity-Building Workshop” शनिबार धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटलमा सम्पन्न भएको छ। फोटोपत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग तथा आधुनिक प्रविधिसँग फोटोपत्रकारलाई अभ्यस्त बनाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।

एकदिने व्यावसायिक क्षमता अभिवृद्धि कार्यशालामा एनएफपिजे नेपालका केन्द्रीय कार्यसमितिका १३ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फोटोपत्रकारितामा एआईको प्रयोग, डिजिटल उपकरणहरूको प्रभावकारी उपयोग, समाचार तथा तस्बिर सम्पादन, भिजुअल स्टोरीटेलिङ तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी विषयमा सैद्धान्तिक छलफलसँगै व्यवहारिक अभ्यास गराइएको थियो। कार्यशालामा एआई प्रशिक्षक अजय शर्माले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापन गर्दै एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै प्रविधिलाई जिम्मेवार, नैतिक र व्यावसायिक रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले बदलिँदो प्रविधिसँगै फोटोपत्रकारहरूको सीप अभिवृद्धि गर्न यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए। आगामी असार द्रोस्रो हप्ता २ दिने सस्थाका सम्पूर्ण फोटोपत्रकारहरुलाई पनि एआई तालिम सन्चालन गरिने छ।

आयोजकका अनुसार कार्यशालाले फोटोपत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै बदलिँदो प्रविधिसँग अनुकूल हुन आवश्यक ज्ञान, सीप र दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले कार्यशाला समयसापेक्ष, व्यवहारिक तथा व्यावसायिक रूपमा अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै भविष्यमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।