१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

जयन्दु बालसुधार गृहमा वृक्षरोपण

जयन्दु बालसुधार गृहमा वृक्षरोपण
अ अ+ अ-

नेपालगञ्ज। बास नेपाल नामक संस्थाको सक्रियतामा बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृह परिसरमा केराका बिरुवासहित विभिन्न प्रजातिका बहुउपयोगी फलफूल तथा वनस्पति रोपिएको छ ।

सरोकारवाला पक्षसँग समन्वय गरी हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई हरित महिनाको रुपमा मनाउने उद्देश्यले वृक्षरोपण गरिएको बास नेपालले जनाएको छ ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले वृक्षरोपणको सुरुआत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, हरित विकाससहित भावी पुस्ताका लागि हरेक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बालसुधार गृहका जग्गादाता एवं संरक्षक एसके सिंहले वृक्षरोपणबाट बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारी र अपनत्वको भावना जागृत गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले १३ देखि १८ वर्षसम्मका १७५ जना बालकले आश्रय लिइरहेको जयन्दु सुधारगृह परिसरको क्षेत्रफल करिब चार बिघा रहेको जानकारी दिनुभयो ।

जिल्ला वन डिभिजन कार्यालय, बाँकेको सहयोगमा १०० केराका विरुवासहित पारिजात, कटहर, सितलचिनी, कल्कीलगायतका बहुउपयोगी तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवा आज सुधारगृह परिसरमा रोपिएका थिए ।

वृक्षरोपण कार्यक्रममा नागरिक समाज नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्स क्लबका पूर्वगभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका अध्यक्ष जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, हरित अभियन्ता तथा बासका वातावरण विभाग संयोजक हेमन्तराज काफ्लेलगायत सहभागी हुनुहन्थ्यो । रासस