१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने

श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
अ अ+ अ-

श्रीलङ्काली । श्रीलङ्काली राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार सरकारले चलिरहेका शिक्षा सुधारहरूसँगै व्यावसायिक शिक्षालाई थप प्राथमिकता दिने र सन् २०२७ को बजेटमार्फत यसका लागि आवश्यक रकम विनियोजन गरिने बताउनुभएको छ।

राष्ट्रपतिले यो कुरा सन् २०२६ को बजेटअन्तर्गत शिक्षा, उच्च शिक्षा र व्यावसायिक शिक्षालाई दिइएका परियोजनाहरूको कार्यान्वयन समीक्षा गर्न र सन् २०२७ को लागि बजेट आवश्यकताबारे छलफल गर्न आयोजित बैठकमा उल्लेख गर्नुभएको हो ।

सन् २०२६ को बजेटमा मन्त्रालयलाई ३०३ अर्ब श्रीलङ्काली रुपैयाँ अर्थात् करिब एक अर्ब अमेरिकी डलर विनियोजन गरिएको छ । जसमध्ये १६० अर्ब सामान्य शिक्षाका लागि, १२२ अर्ब उच्च शिक्षाका लागि र २० अर्ब व्यावसायिक शिक्षाका लागि छुट्टाइएको छ ।

अधिकारीहरूका अनुसार यस वर्ष व्यावसायिक शिक्षाले अहिलेसम्मकै ठूलो पूँजीगत विनियोजन आठ अर्ब रुपैयाँ प्राप्त गरेको छ भने वर्षको पहिलो छ महिनामा ३१० वटा सरकारी व्यावसायिक प्रशिक्षण संस्थाहरूमा ५७ हजार ९५९ विद्यार्थी भर्ना भएका छन् । (रासस/सिन्ह्वा):