१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता
अ अ+ अ-

बग्दाद। इराकले प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ ।

तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ । तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ ।

कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय अघि बढाउनुपर्ने अवस्था रहेको छ ।

“इराक र संयुक्त राज्य अमेरिकाका सार्वजनिक तथा निजी क्षेत्रका निकायबीच ४८ वटा सम्झौता, समझदारीपत्र, सहयोग सम्झौता र साझेदारीसम्बन्धी घोषणा भएका छन्”, प्रधानमन्त्रीको सञ्चार कार्यालयले जनाएको छ ।

सम्झौतामा इराकका तेल तथा विद्युत् मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र हलिबर्टनबीचको सहकार्य तथा साझेदारी समावेश छन् ।

यसैगरी, इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी केही सम्झौता पनि भएका छन् । इराकले स्याटेलाइट सञ्चार सेवा प्रदायक स्टारलिङ्कसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ ।

मङ्गलबार ह्वाइट हाउसमा भएको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैदीको प्रशंसा गर्दै उहाँलाई ‘च्याम्पियन’ को सङ्ज्ञा दिनुभएको थियो ।

व्यवसायी पृष्ठभूमिका जैदी अर्का उम्मेदवारलाई ट्रम्पले अस्वीकार गरेपछि यसैवर्ष अमेरिकी समर्थनमा सत्तामा आउनुभएको हो । उहाँले इराकको कमजोर अर्थतन्त्र सुधार गर्ने तथा अमेरिकी प्रतिष्ठानमाथि आक्रमण गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता जनाउनुभएको छ ।

इराकले लामो समयदेखि आफ्ना प्रमुख सहयोगी अमेरिका र छिमेकी इरानको परस्पर विरोधी प्रभावबीच सन्तुलन कायम गर्दै आएको छ । (रासस/एएफपी)