• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ?



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको विधान अधिवेशनबारे सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गरेका छन् । उनले माओवादीमा क्रमभंगताको अभाव रहेको बताएका छन् ।

वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएयता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन, भट्टराईले लेखेका छन्, ‘अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो ।’

डा. भट्टराईले पार्टीभित्र विचारको बन्ध्याकरण र सारसंग्रहवाद रहेको औँल्याएका छन् । एकै साथ दुई वैचारिक डुंगामा चढेर कहीँ नपुगिने संकेत गर्दै उनले भनेका छन्, ‘‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

माओवादी केन्द्रको विधान अधिवेशनबारे बाबुराम भट्टराईको टिप्पणी

१. निरन्तरतामा क्रमभंगताको अभाव

नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय, विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाकक पहल गर्ने सोंच,साहस र शैली हो! तर वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाकक संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो ।

२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद

राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक–राजनीतिक दिशा प्रष्ट्याउँछ । माकेको नयाँ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता,नयापन, प्रष्टता छैन, बरू पुरानै विचार र केही नयाकक शब्दावलीहरूको सारसंग्रहवादी ककटेल मात्र छ । उदाहरणको निम्ति “मार्क्सवाद–लेनिनवाद–माओवाद”(मा–ले–मा)लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोंच र बहुदलीय प्रतिस्पर्धी राजनीतिाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घालमेल गरिएको छ! मा–ले–मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो! यसरी एकै साथ दुइ वैचारिक डुंगामा चढेर पुग्ने कता हो? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ?

३. संगठनात्मक डेन्टिंग पेन्टिंग

विधानले पार्टीको विचार र राजनीतिलाई संगठन,नेतृत्व,शैलीमा ढाल्दछ र जनतासंग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ ! परन्तु मा–केको संगठनात्मक सिद्धान्त,ढाककचा र शैलीमा कुनै नयां क्रमभंगता छैन ! बरू स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको “ जनवादी केन्द्रीयता” लाई अलिकति डेन्टिंग पेन्टिंग गरेर निरन्तरता दिएको छ! अहिलेको बहुवर्गीय अर्थ–राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाककचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मा–केलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ!

४.भावनात्मक दोहन मात्र नहोस्

अत: मा–के नेतृत्वले यस्तो दोधारे,अस्पष्ट सोंच,नीति र शैली अवलम्वन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्वपूर्ण राजनीतिक उपलब्धीहरूहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार,राजनीति,संगठन,नेतृत्व,शैलीको छलाककगमय विकास गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाकक मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि ?