९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध रोमाञ्चक जित निकाल्दै मलेसिया फाइनलमा, नेपालको एसिया कप खेल्ने सपना समाप्त



अ+ अ-

काठमाडौँ । मलेसिया एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाललाई चार विकेटले हराउँदै मलेसिया फाइनलमा पुगेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

अन्तिम समयसम्म रोमाञ्चक बनेको खेलमा मलेसियालाई जित दिलाउन इल्सा हन्टरले ६९ रनको अविजित इनिङ्स खेलिन् । ५३ बल खेलेकी उनले ६ चौका हिर्काइन् । यस्तै, माहिराह इज्जाती इस्माइलले १६, मास इलिसाले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सिता रानामगर र कविता जोशीले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् ।
त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र  रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन् ।
मलेसियाकी महिराह इज्जाती इस्माइलले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन् ।

जितसँगै मलेसियाले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउने भएको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली मलेसियन र युएईले एसिया कप क्रिकेट खेल्ने भएका हुन् ।

यसअघि युएईले थाइल्याण्डलाई चार रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका यी दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।