२ पुष २०८२, बुधबार
,
Latest
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रले नामिबियाविरुद्धको पहिलो खेल गुमाउने



अ+ अ-

काठमाडौँ । विश्वकप लिग–२ को बिहीबारबाट त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुँदैछ । जसअन्तर्गतको नामिबियाविरुद्धको पहिलो खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएका छन् । दीपेन्द्र अहिले आइएल टी–२० का लागि युएईमा छन् ।

दीपेन्द्र समिलित टोली गल्फ जायन्ट्सले बुधबार टी–२० को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी बुधबारको खेलमा टोलीसँग रहने भएकाले बिहीबारको पहिलो खेलमा नेपाली टोलीमा रहने छैनन् ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप खेल्दै छ । आइएल टी–२० मा दीपेन्द्रले विश्वस्तरीय खेलाडीहरुसँग खेल्ने अवसर पाएकाले टी–२० विश्वकपका लागि उनको अनुभव टोलीका लागि उपयोगि हुनेछ ।

नेपाली समयअनुसार आज राति ८ः१५ मा दीपेन्द्र सम्मिलित जायन्ट्सले एमआई इमिरेट्सको सामना गर्दैछ । आजको खेल जितेमा टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोलि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग–२ अन्तर्गत बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । क्यानडासँगको तीन खेलको एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाललाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।