१ पुष २०८२, मंगलवार
,
Latest
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल शाहलाई समेट्दै लिग–२ खेल्ने टोली घोषणा



अ+ अ-

काठमाडौँ । भोलि बिहीबारदेखि सुरु हुने लिग–२ खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडासँगको सिरिजमा उच्च प्रदर्शन गरेका अनिल शाहलाई समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको जनाएको छ ।

सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा सञ्चालन हुनेछन् ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सुर्य तामाङ