• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   देउवाको शरीर एमालेतिर भएपनि मन हामीसँगै छः अध्यक्ष नेपाल ★   काँग्रेस–एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जाने अध्यक्ष दाहालको चेतावनी ★   देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव ★   स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ★   काँग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति हामी मान्दैनौंः झलनाथ खनाल ★   भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर छः पर्यटनमन्त्री पाण्डे ★   नेपालका कम्युनिष्ट पार्टीहरु सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्दछन्ः उपेन्द्र यादव ★   चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छः राजदूत सोङ ★   स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी ★   साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि होः प्रधानमन्त्री ओली

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फका प्रस्थान होल्ड ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी रियल एक लाख ४९ हजार र युएई दिराम १० हजारसहित गोलेलाई पक्राउ गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोलेलाई पक्राउ गरेपछि मुद्रा सम्बन्धमा सोधपुछ गर्दा उक्त रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का ३४ वर्षीय माइला स्याङ्बोले दिएको खुलेपछि स्याङ्बोलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ । रासस




भर्खरै