१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा नेकपा एसलाई झट्का, पोलिटब्यूरो र केन्द्रीय समितिका दुई नेता एमालेमा फर्किए



अ+ अ-

तनहुँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल (पिएल) श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा (एमाले)मा फर्किएका छन् ।

पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अ‍ोलीसहितका नेताहरुले स्वागत गरे ।

दुवै नेता नेकपा एसमा प्रभावशाली मानिन्छन् । यसअघि नै नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको अवस्थामा नेताद्वय समेत एमालेमा फर्किएसँगै नेकपा एस तनहुँमा झट्का लागेको छ ।