• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर

२० लाख करोडको मार्केट क्याप हासिल गर्ने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स



एजेन्सी । मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिजको शेयर २० लाख करोड रुपैयाँको बजार पुँजीकरण लक्ष्य पार गर्ने पहिलो सूचीबद्ध भारतीय कम्पनी बनेको छ ।

मंगलबार बीएसईमा कम्पनीको स्टक १.८९ प्रतिशतले बढेर ५२ हप्ताको उच्च रु. २९५७.८० मा पुगेको छ । पछिल्लो दुई हप्तामा मात्रै शेयरको बजार मूल्य १ लाख करोड रुपैयाँले बढेको छ ।

जनवरी २९ मा १९ लाख करोड रुपैयाँको स्तरमा पुगेको थियो । यस क्यालेन्डर वर्षमा अहिलेसम्म भारतको सबैभन्दा मूल्यवान स्टकको मूल्य झण्डै १४ प्रतिशतले बढेको छ ।

रिलायन्सको मार्केट क्यापमा हालैको वृद्धिका कारण, यसका प्रमुख मुकेश अम्बानीको नेटवर्थ २०२४ मा १२.५ बिलियन डलरले बढेर १०९ बिलियन डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनी सबैभन्दा धनी भारतीय हुन् र विश्वका धनीहरूको सूचीमा ११ औं स्थानमा पुगेका छन् ।

मुम्बईमा रहेको रिलायन्स समूहले तेलदेखि दूरसञ्चार क्षेत्रमा काम गर्छ र बजारमा यसको छुट्टै उपस्थिति छ ।