९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

७९ वर्षीया महिलाले ५० वर्षमा १९३ देशको भ्रमण गरेर रचिन् इतिहास

७९ वर्षीया महिलाले ५० वर्षमा १९३ देशको भ्रमण गरेर रचिन् इतिहास
अ अ+ अ-

एजेन्सी । कोही मानिसहरु संसार घुम्न मन पराउँछन्, उनीहरु पृथ्वीको हरेक कुना घुम्न चाहन्छन् । एउटी अमेरिकी महिलाले पनि सानैदेखि विश्व घुम्ने सपना देखेकी थिइन् र विगत ५० वर्षमा उनले २०–२५ मात्रै नभएर १९३ देशको भ्रमण गरिसकेकी छन् ।

७९ वर्षीया लुइसा युले विगत पचास वर्षमा १९३ देशको भ्रमण गरेर विश्व घुम्ने आफ्नो सपना पूरा गरेकी छिन् । उनले सर्बियालाई आफ्नो अन्तिम बिन्दु बनाइन् ।

लुइसा युले गुड मर्निङ अमेरिकालाई बताइन्, ‘जब म चलचित्र हेर्न गएँ, म सुन्दर परिदृश्य, नदी, पहाड देखेर मोहित भएँ, त्यसैले कुनै दिन म यी ठाउँहरूमा जान्छु भन्ने सोच्थें ।’

लुइसा भर्खर २३ वर्षकी थिइन् जब उनी एक्सचेन्ज स्टुडेन्टका रूपमा अमेरिका आएकी थिइन् र उनले पहिलो पटक अमेरिकाबाटै आफ्नो यात्रा सुरु गरेकी थिइन् । सुरुमा देश बाहिर जान नसकेपछि उनी अमेरिका घुमिन् ।

लुइसा युले मेडिकल टेक्नोलोजी क्षेत्रमा काम गरिन् र पछि ट्राभल एजेन्ट भइन् ताकि उनले आफ्नो कामसँगै आफ्नो शौकलाई पछ्याउन सकून् । विगत पाँच दशकमा उनले इटाली जस्ता युरोपेली देशदेखि थाइल्यान्डजस्ता एसियाली देश र त्यसभन्दा बाहिर लिबिया जस्ता अफ्रिकी मुलुक र इरान जस्ता मध्यपूर्वी देशसम्मको यात्रा गरेकी छन् । त्यसपछि उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र भएका सबै १९३ देशको भ्रमण गर्ने निर्णय गरिन् ।

लुइसाको सन्देश अन्य ट्र्याभर्सहरूलाई थियो, ‘नडराऊनस्, बस जारी राख्नुहोस् । कसैको प्रतीक्षा नगर्नुहोस्, किनकि यदि तपाईंले पर्खनुभयो भने, तपाईंले आफूले गर्न चाहेको काम कहिल्यै गर्न सक्नुहुन्न ।’ उनले भनिन् ।