• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

विश्व कीर्तिमानी म्याराथन धावक र उनका प्रशिक्षकको कार दुर्घटनामा मृत्यु



एजेन्सी । विश्व कीर्तिमानी म्याराथन धावक केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार पश्चिमी केन्यामा कार दुर्घटनामा मृत्यु भएको छ ।

२४ वर्षीय किप्टम गाडीको नियन्त्रण गुमाएपछि कार सडक छोडेर करिब ६० मिटर टाढाको खाल्डोमा खसेर ठूलो रुखमा ठोक्किन पगुगेको थियो । एल्गेयो माराक्वेट काउन्टीका प्रहरी कमाण्डर पिटर मुलिङ्गका अनुसार दुर्घटना आइतबार राति ११ बजे (स्थानीय समय) एल्डोरेट–कप्तागाट सडकमा भएको हो ।

दुर्घटनाग्रस्त कार

किप्टमले टोयोटा प्रिमियो चलाउँदै थिए, केन्याको अखबार डेली नेसनले रिपोर्ट गरेको छ । उनीसँग थप दुई यात्रु सवार थिए जसमा उनका कोच गेर्भाइस र एउटी महिला थिइन् जसको नाम शेरोन कोसगे रहेको बताइएको छ ।

दुर्घटनामा शारोन कोसगे गम्भीर घाइते भएकी थिइन् र उनलाई अस्पताल लगिएको थियो, जबकि एथलीट र उनका प्रशिक्षकले दुर्घटनामा ज्यान गुमाए । दुबैको शव रेसकोर्स अस्पतालको शवगृहमा राखिएको छ ।

किप्टम विगत केही वर्षहरूमा सडक दौडमा देखा पर्ने सबैभन्दा रोमाञ्चक नयाँ प्रतिभाहरू मध्ये एक थियो । उनले डिसेम्बर २०२२ मा भ्यालेन्सियामा २ः०१ः५३ मा आफ्नो म्याराथन डेब्यू जित्दा उनी चर्चामा आए ।

एक वर्ष भन्दा कम समयपछि आफ्नो तेस्रो म्याराथनमा, उनले शिकागोमा जित्नको लागि २ः००ः३५ को समयसँगै विश्व रेकर्ड तोडे । लन्डन म्याराथनमा २ः०१ः२५ को कोर्स रेकर्डमा उनको जितले उनलाई स्ट्याडिया बाहिरको पुरुष इभेन्टका लागि २०२३ को विश्व एथलीट अफ द इयर घोषित गरेको थियो ।