९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

चुनावी नतिजाको विरोधमा खानका समर्थक र अन्य पाकिस्तानी दलद्वारा राजमार्ग अवरुद्ध

चुनावी नतिजाको विरोधमा खानका समर्थक र अन्य पाकिस्तानी दलद्वारा राजमार्ग अवरुद्ध
अ अ+ अ-

एजेन्सी । पाकिस्तानको कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका हजारौँ समर्थक र अन्य राजनीतिक दलका सदस्यहरूले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोधमा सोमबार अस्थिर दक्षिण–पश्चिममा प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन् ।

आइतबार प्रकाशित अन्तिम नतिजाअनुसार करिब दुई वर्षअघि खानलाई सत्ताबाट हटाउने राजनीतिक दलहरूको तुलनामा उहाँले समर्थन गर्नुभएका उम्मेदवारहरूले धेरै सिट जितेका छन् । यद्यपि कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त नभएकाले गठबन्धन सरकार बनाउन दलहरूले वार्ता गर्नुपर्ने भएको छ । नयाँ संसद्ले मुलुकको नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।

नयाँ संसद् चयन गर्न बिहीबार भएको मतदानलाई मतदानमा धाँधलीको आरोप, अभूतपूर्व मोबाइल फोन सेवा बन्द तथा खान र उहाँको पाकिस्तान तेहरिक–ए–इन्साफ ९पिटिआई० पार्टीलाई मतदानबाट गरिएको बहिष्कारले ओझेलमा पारेको थियो ।

निर्वाचन जित्नेहरूले विजयको उत्सव मनाइरहँदा पिटिआई र अन्य दलहरूले दर्जनौँ निर्वाचन क्षेत्रमा आफ्नो हार अस्वीकार गरेका छन् । कथित मतदान धाँधलीको विरोध गरिरहेका खानका दर्जनौँ समर्थकहरूलाई सप्ताहन्तमा पूर्वी सहर लाहोरमा केही समयका लागि हिरासतमा लिइएको थियो ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तमा एक सरकारी प्रवक्ता जान अचकजाईले प्रदर्शनकारीहरूलाई हार स्वीकार गरेर राजमार्गहरूबाट टाढा गएर ‘कृपा देखाउन’ आग्रह गर्नुभयो । आपराधिक सजायका कारण खानले निर्वाचन लड्न पाउनु भएन । उहाँले यसलाई राजनीतिकरूपमा प्रेरित भन्नुभएको छ ।

खानसँग गठबन्धन गर्ने उम्मेदवारहरूले राष्ट्रियसभा अर्थात संसद्को तल्लो सदनमा दुई सय ६६ सिटमध्ये एक सय एक सिट हासिल गरेका छन् । तीन पटकका प्रधानमन्त्री तथा पूर्वअपराधी नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–एन ९पिएमएल–एन० ले ७५ सिट हासिल गरेको छ । शरिफले अहिले गठबन्धन सरकार बनाउनका लागि सहयोगीहरूसँग वार्ता गरिरहनुभएको छ ।

बिलावल भुट्टो–जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ५४ सिटका साथ तेस्रो स्थानमा रहेको छ । एक उम्मेदवारको मृत्युका कारण एउटा परिणाम रोएिको छ भने अर्को मतदान स्थगित गरिएको छ । सन् २०२२ मा खानलाई पदबाट हटाउने अभियानको नेतृत्व पिएमएल–एन र पिपिपीले गरेका थिए ।

पाकिस्तानको सेनाले सधैँ आफूलाई प्रधानमन्त्री बनाउने अन्तिम मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको छ । गत अक्टोबरमा मुलुकमा सहज फिर्ताका कारण शरिफलाई शक्तिशाली सुरक्षा प्रतिष्ठान ९सेना० को मनपर्ने उम्मेदवारका रूपमा हेरिएको थियो ।

कारागार सजाय भोग्नबाट बच्नका लागि शरिफले चार वर्ष निर्वासनमा बिताउनुभएको थियो तर पाकिस्तान पुगेको केही साताभित्रै उहाँको सजायलाई उल्ट्याइयो ।