१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याकुल माइलाद्वारा बेबिलोन स्कुलका शिक्षक र कर्मचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान



अ+ अ-

काठमाण्डौ। राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ले राजधानीको शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुलमा १० वर्ष अनवरत सेवा गरेका ८ जना व्यवस्थापक, शिक्षक र र्कमचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान गरेका छन् ।

आइतबार सम्पन्न विद्यालयको माद्यमिक तहको अभिभावक दिवस कार्यक्रममा सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापनतर्फ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नृत्य, गायन तथा वाद्यवादन संयोजक गायक प्रकाश आचार्य, विद्यालयका प्रवन्ध निर्देशक देविभक्त राई र कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदी छन् ।

यसैगरी सम्मानित हुने अन्यमा माद्यमिक शिक्षक मनोज मण्डल, आधारभूत तह शिक्षिका पवित्रा राजभण्डारी, लाइब्रेरियन जानुका सुवेदी, विद्यालय सहयोगी अप्सरा काफ्ले र छात्रावास सहयोगी छलिमाया मगर छन ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राईको सभापतित्वमा सम्पन्न विद्यालयको माद्यमिक तहको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको प्रगती विवरण तथा भावी योजनाबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा माद्यमिक तहका विद्यार्थीहरुले नृत्य, गायन, ड्रिल, नाटक, कराते लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।