२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइभ म्याच चलिरहेको बेला मैदानमै चट्याङ लागेर फुटबलरको मृत्यु



अ+ अ-

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा चट्याङ लागेर एक खेलाडीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । यो घटना शनिबार भएको बताइएको छ । जसको भिडियो अहिले सार्वजनिक भएको छ ।

गत शनिबार इन्डोनेसियाको वेस्ट जाभास्थित सिलिवाङ्गी रंगशालामा खराब मौसमका बीच एफसी बान्डुङ र एफबीआई शुभाङबीच मैत्रीपूर्ण खेल भयो । यसैबीच, मैदानको एक भागमा उभिरहेका एक खेलाडीमाथि अचानक चम्किलो प्रकाशसहितको चट्याङ पर्यो ।

सो क्रममा आगलागी पनि भएको थियो । चट्याङ लागेका खेलाडी तुरुन्तै भुइँमा लडेका थिए भने केही दूरीमा उभिएका अन्य खेलाडी पनि विस्फोटका कारण लडेका थिए । बाँकी खेलाडीहरू आफूलाई जोगाउन भुइँमा पल्टिए, जबकि केही बाहिर दौडन थाले ।

केही समयपछि अन्य खेलाडी घाइते खेलाडीको नजिक पुगे । त्यतिबेला खेलाडीको सास चल्दै थियो । उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पछिल्लो १२ महिनामा इन्डोनेसियाका फुटबलरलाई चट्याङ परेको यो दोस्रो पटक हो । २०२३ मा सोराटिन यू–१३ कपको क्रममा पूर्वी जाभाको बोजोङ्गोरोमा एक फुटबलरलाई चट्याङ लागेको छ । कार्डियक अरेस्टबाट पीडित खेलाडीलाई तत्काल अस्पताल लगिएको थियो ।

२० मिनेटको प्रयासपछि उनलाई होशमा ल्याउन चिकित्सक सफल भएका थिए । मैदानमा उपस्थित अन्य ६ जना खेलाडीलाई पनि चट्याङ लागेर अस्पतालमा समय बिताउनु परेको थियो ।