५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइभ म्याच चलिरहेको बेला मैदानमै चट्याङ लागेर फुटबलरको मृत्यु



अ+ अ-

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा चट्याङ लागेर एक खेलाडीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । यो घटना शनिबार भएको बताइएको छ । जसको भिडियो अहिले सार्वजनिक भएको छ ।

गत शनिबार इन्डोनेसियाको वेस्ट जाभास्थित सिलिवाङ्गी रंगशालामा खराब मौसमका बीच एफसी बान्डुङ र एफबीआई शुभाङबीच मैत्रीपूर्ण खेल भयो । यसैबीच, मैदानको एक भागमा उभिरहेका एक खेलाडीमाथि अचानक चम्किलो प्रकाशसहितको चट्याङ पर्यो ।

सो क्रममा आगलागी पनि भएको थियो । चट्याङ लागेका खेलाडी तुरुन्तै भुइँमा लडेका थिए भने केही दूरीमा उभिएका अन्य खेलाडी पनि विस्फोटका कारण लडेका थिए । बाँकी खेलाडीहरू आफूलाई जोगाउन भुइँमा पल्टिए, जबकि केही बाहिर दौडन थाले ।

केही समयपछि अन्य खेलाडी घाइते खेलाडीको नजिक पुगे । त्यतिबेला खेलाडीको सास चल्दै थियो । उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पछिल्लो १२ महिनामा इन्डोनेसियाका फुटबलरलाई चट्याङ परेको यो दोस्रो पटक हो । २०२३ मा सोराटिन यू–१३ कपको क्रममा पूर्वी जाभाको बोजोङ्गोरोमा एक फुटबलरलाई चट्याङ लागेको छ । कार्डियक अरेस्टबाट पीडित खेलाडीलाई तत्काल अस्पताल लगिएको थियो ।

२० मिनेटको प्रयासपछि उनलाई होशमा ल्याउन चिकित्सक सफल भएका थिए । मैदानमा उपस्थित अन्य ६ जना खेलाडीलाई पनि चट्याङ लागेर अस्पतालमा समय बिताउनु परेको थियो ।




भर्खरै