१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस्: सांसद गैरे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुंग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भइरहेको बताउनु भयो । उहाँले इमान्दार भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके समाजमा शान्ति स्थपना हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी कति गम्भीर छाँै, हाम्रो जिम्मेवारीप्रति भन्ने पनि सोच्नुपर्ने हुन्छ होला । यसै सन्दर्भमा पहिला हाम्रो ०६३/०६४ को कुरा जति बेला सात राजनीतिक दलहरुले १२ बुँदे सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउने काम गर्नुभयो । हाम्रो बीचमा गिरिजाप्रसाद कोईराला बाहेक त्यतिबेलाका सबै नेताहरु अहिले पनि हुनुहुन्छ । उहाँहरुले त्यो १२ बुँदे सहमति गर्दाका यति सजिलै यो व्यवस्था हामीले पाएका होइनौँ । त्यो भन्दा अघिको कहालीलाग्दो सम्झना गर्ने हो भने अहिले पनि हाम्रा शरीरमा काँडा उम्रिन्छ । हाम्रा सेना र बिद्रोही पक्षको बचिमा पहाडी क्षेत्रमा रही रहने जनता एकदिन सेना आउने, अर्को दिन माओवादी आउने । हाम्रा घरमा माओवादीले बन्दुक राख्ने, सेनाले भेट्टाउने । सेनाले लिएरु जाने, यस्तोसम्म भयो ।’

‘आज त्यो अवस्थाबाट यहाँसम्म आउँदा धेरै कुराहरु अघि बढेका छन्, टुंगिएका छन् । कोही सेनामा छन्, कोही घर फर्किएका छन् । केही नपाउनेहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंग्याउने भनिएको थियो, त्यो काम हामीले अहिलेसम्म गर्न सकेनौँ । जसले गर्दा न्याय हरायो, न्यायको अनुभुति भएन भनेर मानिसहरु आवाज उठाइरहेका छन् । यो काम हामीले छिटो भन्दा छिटो गर्नुपर्छ । गर्छु भनेको काम टुंग्याउनुपर्छ । हामी इमान्दार भएर टुंग्याउनुपर्छ । यो काम टुंग्याउन ढिलाइ भएको छ । शान्ति प्रक्रियाको बाँकी काम छिटो भन्दा छिटो सरकारले ल्याउनुपर्छ । समाजमा न्यायको स्थापना गर्नुपर्छ ।’

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभुति गर्न नसकेको बताउनु भयो ।