• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १४ औं मिनेटमा लामिने यामलले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रिकार्ड सान्चेजले गोल गर्दै ग्रानडालाई १–१ को बराबरीमा ल्याए ।

६० औं मिनेटमा फाकुन्डो पेलेस्त्रीले गोल गर्दै ग्रानडालाई २–१ ले अघि बढाए । ६३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । यता, ६६ औं मिनेटमा इग्नासी मिक्वेलले गोल गर्दै ग्रानडालाई ३–२ गोलले अघि बढाए ।

८० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै यामलले बार्सिलोनालाई ३–३ को बरबरीमा ल्याएर हारबाट जोगाए । बार्सिलोना २४ खेलबाट ५१ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा ग्रानडा १३ अंकका साथ १९ औं स्थानमा छ ।