१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानविन गर्न चुनौती दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिनुभएको हो ।

उहाँले नेपाली काँग्रेसका नेताहरु छानविनको दायरामा आउन तयार रहेको बताउनु भयो । उहाँले गृहमन्त्री रवि लामिछानेले पनि काँग्रेसका नेताहरुमाथि संसदमा बोलेरै आरोप लगाउनुभएको भन्दै त्यसमा पनि सबैमाथि छानविन गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानविन गर्न तया रहेको भन्दै कसलाई छानविन गर्ने हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानविन गरेपनि आपत्ति नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीमाथि आरोप लगाउनुभएको होइन पूर्वप्रधानमन्त्री केपी ओलीले कि कांग्रेसले गिरिबन्धुको जग्गा बेचेर कमिशन खायो । छानविन समिति त्यसमा पनि बनाऔँ न । हामी त्यसमा तयार छौँ । गृहमन्त्रीजीले संसदमा बोल्दै गर्दा काँग्रेसका सांसद, मन्त्री, प्रधानमन्त्रीमाथि आरोप लगाउनुभयो । को–को माथि छानविन गर्नुपर्‍यो ? सब छानविन गर्न हामी तयार छौँ । कांग्रेसको सभापतिमाथि छानविन गर्ने कि महामन्त्री माथि ? दाजुमाथि छानविन गर्ने हो कि भाउजुमाथि ? मामामाथि छानविन गर्ने हो कि माइजुमाथि ? प्रत्येकमाथि छानविन गर्नुस् । नाम लेखेर छानविन गर्नुस् । थर, गोत्र, वजन, ठेगाना लेख्नुस् । माइतिपटी लेख्नुस् । ससुरालीपटि लेख्नुस् । गोलाकार शंख र चक्र के–के छन् त्यो पनि लेख्नुस् । लेखिराखेर छानविन गर्नका लागि हामीलाई कुनै आपत्ति छैन ।’

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गर्नुभयो । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमती साथ यो गठबन्धन अगाडी बढिरहेको उहाँले बताउनु भयो । उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाउनु भयो । सिरोहियाले नागरिकता प्रकरणको छानविनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘अहिले यहाँ के देखियो भने सहकारी प्रकरणमा नेकपा(एमाले)ले साथ दिने । गिरिबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले सहकारीबन्धु गठबन्धनको रुपमा उहाँहरु देखिनु भएको छ । एउटा मिडिया हाउसको प्रमुख कैलाश सिरोहियालाई पक्राउ गर्नुहुन्छ । जबकी उहाँ के भन्दै हुनुहुन्छ सार्वजनिक रुपमा भन्दाखेरी भने म माथि जे खालको नागरिकताको सम्बन्धमा प्रश्न उठेको छ, सहयोग गर्न तयार छु । उहाँले भनिरहँदा रातारात भाग्नेजस्तो गरेर गिरफ्तार गरेर लिएर आउने । गिरफ्तार गर्ने निकायमा दुईवटा पासपोर्टको कारण छानविन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले छानविन नगर्नुपर्ने भनेको छ । महान्यायाधिवक्ताको कार्यालय भनेको पार्टीको भातृ संस्था हो ? रास्वपाको भातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ? कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नुपर्दैन भनिदिएको छ । कहिले सहकारीको सन्दर्भमा उहाँ संलग्न हुनुहुन्न भनेको छ । संवैधानिक इजालाश हो ? त्यसकारण अहिले सहकारी ठगिको सन्दर्भमा गम्भीरतापूर्वक उठाउनुपर्ने प्रश्न छ ।’

उहाँले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगि प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानविन हुनुपर्ने बताउनु भयो ।