२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा: अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादरुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताउनुभएको छ ।

आईतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको बताउनु भयो । उहाँले राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताउनु भयो । उहाँले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै राष्ट्रलाई सखाप पार्नुछ भने त्यो राष्ट्रमा गलत शिक्षा भित्र्याउनुपर्छ भन्ने कुनै एक मानिसको भनाइ थियो । नेपालमा के छ भन्दा जागिर खाने भनेको राष्ट्र र जनताको सेवाको लागि होइन की जसरी पनि पैसा कमाउने हो । घुस नखानेहरु रिसाउनु परेन । राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि हो । अरु भन्दा बढी धनाढ्य हुनुपर्छ, भन्ने जुन शिक्षा प्रणाली छ, यसले राष्ट्र आज अत्यन्त अधोगति भइरहेको छ । मान्छे बेचबिखन गर्न दलाल कटिवद्ध छन् । राज्य प्रशासनमा बस्ने मानिसहरुको संरक्षणबेगर तिनले मनपरी गर्न सक्छन् ? सबैभन्दा पहिला राज्य सञ्चालन गर्नेहरु सच्चिनुपर्छ । हाम्रो प्रवृत्ति बदल्नुपर्छ । एक जनालाई जेलमा कोचेर नेपाली समाज बदलिँदैन । यही कारणले देशको अखण्डता, राष्ट्रियता गम्भीर संकटमा छ ।’

अध्यक्ष केसीले नेपालमा जागिर खानेकुरा जनताको सेवाका लागि नभइ कमाइ खाने भाँडोको रुपमा प्रयोग हुने गरेको बताउनु भयो ।