६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलको टी–२०आई करिअरमा पाँचौ शतक, ५५ बलमा १२० रन जोडे



अ+ अ-

काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेको वेस्ट इन्डिजले दोस्रो टी–२० आईमा २४२ रनको विजयी लक्ष्य पाएको छ ।

एडिलेडमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेटको क्षतिमा २४१ रन जोड्यो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले विष्फोटक शतकीय पारी खेले । उनी ५५ बलमा १२० रनसहित नटआउट रहे । उनले १२ चौका र ८ छक्का प्रहार गरे । म्याक्सवेलको यो टी–२० अन्तर्राष्ट्रियमा पाँचौं शतक हो ।

यस्तै, डेभिड वार्नरले २२, मिचेल मार्शले २९, मार्कुस स्टोइनिसले १६ रन जोड्दा टिम डेभिड ३१ रनमा अविजित रहे ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले दुई तथा अल्जारी जोसेफ र रोमारियो सेपहर्डले एक–एक विकेट लिए ।