• ११ फाल्गुन २०८०, शुक्रबार
  •      Fri Feb 23 2024
  •   Unicode
Logo

ला लिगाः रियललाई पाँच अंकको अग्रता



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले जिरोनालाई ४–० गोलले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन जुड बेलिङहमले दुई तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरे ।

जितसँगै रियलले दोस्रो स्थानको जिरोनासँग ५ अंकको अग्रता बनाएको छ । शीर्षस्थानको रियलको २४ खेलबाट ६१ अंक छ भने दोस्रो स्थानको जिरोनाको समान खेलबाट ५६ अंक छ ।