३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारलाई लगातार दोस्रो पटक एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । कतारले लगातार दोस्रो पटक एसिया कपको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक कतार च्याम्पियन बनेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरे । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसिया कप जित्ने चौथो देश बनेको छ ।

पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता मै चित्त बुझाएको छ ।